नेपालमा विश्वव्यापी इस्कोनको एकमात्र आधिकारिक प्रतिनिधि “इस्कोन नेपाल” (जी.बी.सी. परम पूज्य जयपताका स्वामी महाराजको पत्र)

मिति: २०८१ माघ १०

जो जससँग सम्बन्धित छ

अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)का संस्थापकाचार्य कृष्णकृपाश्रीमूर्ति ए.सी. भक्तिवेदान्त स्वामी प्रभुपादको निर्देशन बमोजिम वि.सं. २०३४ देखि नेपालमा आफ्ना विधिवत कार्यहरू संचालन गरिरहेको छ। उहाँले आफ्ना शिष्यहरूलाई वि.सं. २०३४ साउन २३ मा नेपालमा प्रचार गर्ने आदेश दिनुभएको थियो। यीनै आदेशको परिपालन गर्दै इस्कोनको आध्यात्मिक व्यवस्थापकीय निकाय (जी.बी.सी.)को मार्गनिर्देशन बमोजिम वि.सं. २०४७ मङ्सिर ११मा यसको दर्ता जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा (द.नं. १३९/०४७/०४८) भएको थियो ।

नेपालमा स्थापनाकालदेखि नै विश्वव्यापी इस्कोन अभियानको एकमात्र आधिकारिक प्रतिनिधि “इस्कोन नेपाल” रहेको छ र नेपालमा अन्य कुनै पनि संस्थालाई इस्कोनको प्रतिनिधिको रूपमा मान्यता दिइएको छैन। इस्कोन नेपालले निरन्तर रूपमा आध्यात्मिक तथा कानूनी जिम्मेवारीहरू वहन गर्दै विश्वव्यापी इस्कोन अभियानको गरिमा तथा एकतालाई कायम गर्दै आएको छ। इस्कोनको ट्रेडमार्क तथा सम्बन्धित बौद्धिक सम्पत्तिहरू पनि नेपाल सरकारको कानून बमोजिम सर्वाधिकार सुरक्षित गरिएको छ।

यसका साथै, सम्पूर्ण मन्दिर, शाखा तथा इकाईहरूले इस्कोन नेपालको वैधानिक संरचना अनुरुप सद्भाव कायम गरी कार्य संचालन गरिरहेका छन्। यी मन्दिर, शाखा तथा इकाईहरूले आफ्नो वार्षिक लेखा तथा प्रगति विवरण इस्कोन नेपाल समक्ष प्रस्तुत गर्दछन्, जसलाई समष्टिगत रुपमा तयार पारेर आवश्यकता अनुरुप सम्बन्धित सरकारी निकायहरूमा पेश गर्ने गरिन्छ ।

इस्कोन नेपालले निरन्तर रुपमा इस्कोनको अधिकारिक प्रतिनिधित्व गर्दै जी.बी.सी. तथा इस्कोन संस्थापकाचार्यद्वारा स्थापित आध्यात्मिक तथा प्रशासनिक गुणस्तरलाई कायम गर्दै आएको छ।

हजुरको सेवक,

जयपताका स्वामी

जी.बी.सी., इस्कोन नेपाल

About the Author

Leave a Reply

*